धनगढी। कर्णाली नदी किनारमा एक पुरुषको शव फेला परेको छ। कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित कर्णाली नदी किनारमा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
कर्णाली नदीको पश्चिम किनारामा करिब ६० वर्षीय पुरुषको शव फेला परेको हो। मृतकको परिचय खुलेको छैन् । शव पहिचानका लागि टीकापुर अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय लम्कीका अनुसार पहिचान नखुलेको कम्मरमा कण्डे डोरी र जनाई लगाएको, घाँटीमा सेतो रंगको सुर्केथैली भएको, माथिल्लो शरीरमा सेतो रंगको हाफ टिसर्ट र तल्लो शरीरमा निलोमा सेतो रातो धर्के ट्राउजर लगाएको, उचाइ ५ फिट ८ इन्च, कपाल हल्का फुलेको अवस्थाको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।