धनगढी। कैलालीको जानकी गाउँपालीकामा आगलागी भएको छ। जिल्लाको जानकी गाउँपालीका–८ मा खरले छाएको गाइगोठमा आगलागी भएको प्रहरीले जनाएको छ।
जिल्लाको जानकी गाउँपालीका–८ का ५५ वर्षीय धनपति साउँदको खरले छाएको गाइगोठमा आगलागी भएको हो। आगलागीबाट गोठ पुर्ण रुपमा जलेर नष्ट भएको छ। आगलागीबाट करीब साठी हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।