धनगढी। धनगढीमा दुई घरबाट खसी चोर्ने दुई जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा दुई घरबाट ३ ओटा खसी चोर्ने दुई जना पक्राउ परेका हुन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का रामबहादुरको घरबाट २ ओटा र सोही ठाउँका सुशिल दमाईको घरबाट १ ओटा खसी चोरी गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
चोरी गर्ने १८ वर्षीय संकेत घिमीरे र चोरी गरिएको खसी खरिद गर्ने सानु कुरैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।