डडेल्धुरा। डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् । चट्याङका कारण घर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ।
सोमवार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय,उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन्। स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ।