धनगढी। सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा रुख ढलेपछिअवरुद्ध भएको सडक सुचारु भएको छ।
सोमबार दिउँसो जंगलमा आगलागी हुँदा सल्लाको रुख सडकमा ढलेपछि भीमदत्त राजमार्ग अवरुद्ध भएको थियो। बुडर र फल्टुडेको बीचमा सडक अवरुद्ध हुँदा अहिले त्यहाँ सवारीसाधन रोकिएको यात्रु रमेश बोहराले बताएका थिए । सडक अवरुद्ध हुँदा तराईबाट पहाड जाने र पहाडबाट तराई आउने सम्पूर्ण साधन रोकिएका थिए।
सडक खुलाउन जेसिवीको प्रयोग भएको थियो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दिउँसोबाट सडक सुचारु भएको हो। तराईबाट पहाड जाने र पहाडबाट तराई आउने रोकिएका सवारी साधन गन्तब्य तिर लागेका छन् ।