कञ्चनपुर। कञ्चनपुरबाट लागुऔषध खैरोहिरोईनसहित १ जना मानिस पक्राउ परेका छन्।
आईतबार नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर,लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको संयुक्त प्रहरी टोलीले कञ्चनपुर भिमदत्त-५ सुकाशालका बिक्रम सिह साउँदलाई पक्राउ गरेको हो।
गोप्य सुचनाको आधारमा दोधाराचाँदनी नगरपालीका १ स्थित भारतबाट नेपाल आउने क्रममा शंका लागि चेकजाच गर्ने क्रममा साउँदलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनको साथवाट २ ग्राम ७२० मिलिग्राम लागुऔषध खैरोहिरोईन जस्तो देखिने पदार्थ बरामद गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।