धनगढी। कैलालीको गोदावरी नगरपालिका-४ बुढीतोलामा बस र मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।मोटसाइकल चालक डडेल्धुराको आलिताल गाउँपालिका–१ का अन्दाजी ५५ वर्षीय पूर्णबहादुर ऐरको मृत्यु भएको हो। उनी सोही वडाका पूर्व वडाध्यक्षसमेत हुन्।
उत्तरबाट दक्षिणतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १२८७ नम्बरको बस र सुपप्र ०१०११ प ९४७६ नम्बरको विपरित दिशातर्फ आइरहेको मोटरसाइकल ठोक्किएका हुन्।उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएकोमा ऐरको मृत्यु भएको हो। बस चालक भने फरार रहेको र उनको खोजी भइरहेको बताइएको छ।