धनगढी। कैलालीको धनगढीमा रुखबाट लडेकी एक महिलाको मृत्यु भएको छ।आइतबार धनगढी उपमहानगपालिका – ९ मा रुखबाट लडेर घाईते भएकी ६० वर्षीय राजु देबि बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।
आफ्नै घर नजिकै रहेको गुल्लरको रूखमा घाँस काट्ने क्रममा लडेर घाइते भएकी थिईन्। उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा पु¥याउँदा डाक्टरले मृत घोषणा गरेका थिए।