धनगढी। कैलालीमा लागूऔषधसहित दुई जना समातिएका छन्। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ बडैयाबाट दुई जना लागूऔषधसहित पक्राउ परेका प्रहरीले जनाएको छ ।
गोदावरी नगरपालिका-६ बडैयाका २७ वर्षीय जय किशन चौधरी र १९ वर्षीय रमेश बिष्ट आइतवार पक्राउ परेका हुन्। दुबै जनालाई १ ग्राम २०० मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।