बैतडी। बैतडीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ को पाटन बजारको पछाडी रिङरोडको तल २१ बर्षीय दिपेन्द्र घर्तीमगर मृत फेला परेको प्रहरीले जनाएको छ ।
दाङ घर भइ हाल पाटनमा लामो समयदेखी सरसरफाईको क्षेत्रमा काम गर्ने पुस्तल घर्तीमगर (जोकर) का छोरा दिपेन्द्रको शव फेला परेको हो । उनको शव घरको पछाडी घोपटो परेको अवस्थामा शव फेला परेको हो । स्थानीय एक जनाको जिर्णघरमा बस्दै आएका थिए । इलाका प्रहरी कार्यालय पाटनले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।