धनगढी। कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका–५ लालीगुराँस टोलकी ४१ वर्षीया लक्ष्मी सिजापतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले उनको नजिकै रहेको शिवशक्ति सामुदायिक वनमा माटो खन्नेक्रमा माटोको ढिस्कोमा च्यापिएर मृत्यु भएको बताए । सिजापतीको पोष्टमाटम गरि शव उनका आफ्न्तले बुझिसकेको बताइएको छ ।