कञ्चनपुर। भारतीय एसएसबीले कञ्चनपुरका एक युवकमाथि निर्घात कुटपिट गरेको छ। कञ्चनपुर दोधारा चाँदनीस्थीत नेपाल-भारत सिमा क्षेत्रमा भारतीय एसएसबीले दोधारा चाँदनी नगरपालिका ८ सैनिकटोलका ३५ बर्षिय नर बहादुर नेपालीमाथि कुटपिट गरेको हो।
सिमावर्ती भारतिय बजारबाट घर फर्किदा गर्दा नेपाल–भारत सिमा क्षेत्र नजिक भारतिय सिमा सुरक्षा बल (एसएसवी) द्धारा कुटपिट भएको उनले बताए। भारतिय बजार मेलाघाट स्थित रहेको भारतिय सिमा सुरक्षा बल (एसएसवी) पोष्ट नजिक रातीको समयमा घर फर्किदै गर्दा आफु कुटिएको उनले बताए। भारतिय सिमावर्ती बजारमा फर्कदा आफुहरुलाई ढिलो हुने विषयमा आफुले एसएसवीलाई जानकारी गराउदा समेत कुटिएको बताएका छन्।
उनले भने, मदिराले लठ्ठ भएका नाम नखुलेको एसएसवी जवानले आफुलाई मुड्की, लात्ती र लठ्ठीले कुटपिट गरेका हुन् उनले भने, कुटाईबाट मेरो टाउको, हात र खुट्टामा निलडाम छ। ‘साथीहरुले संग घर फर्किदा गर्दा एसएसवीले हामीलाई रोक्न भन्यो, उनले भने, हामीले मोटरसाईकल रोक्यौ, अनि आईडी देखा भन्दै कुटपिट गर्न थाल्यो’ उनले भने। कुटपिटमा उनले लगाएको हेल्मेटको सिमा समेत फुटेको छ । सिमावर्ती भारतिय बजारबाट आफन्तको उपचार गरेर फर्कने क्रममा नर बहादुर कुटिएको स्थानियहरुको भनाई छ । कुटपिटपछि घाईते भएका नर बहादुर अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।