कञ्चनपुर। कञ्चनपुरमा भन्सार छलीका सामान ट्याक्टरमा राखेर ल्याउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन्।
शुक्रवार लालझाडी गाउँपालिका १ र २ को बिच सिमाना बिनाबारीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ट्याक्टरमा ल्याउदै गरेको अवस्थामा कृष्णपुर ८ का १८ वर्षीय अनिल राना पक्राउ परेको प्रहरीले जनाएको छ । रानाले अबैंध रुपमा भारतबाट भन्सार छली गरि ट्याक्टरमा ल्याउदै गरेको अन्दाजी ५ लाख ३८ हजार ३ सय मूल्य बराबरको प्याज, पेय पदार्थ, माछा लगायत ट्याक्टर थान–१ सहित ट्याक्टर चालक रानालाई शुक्रवार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
यसैगरी भीमदत्त नगारपालिका–१० बिद्युत कार्यालय, भीमदत्त नगारपालिका–११ चौकीसत्ता र बेलौरी नगारपालिका–८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख २६ हजार ३० मूल्य बराबरको सामान बरामद गरिएको छ। उक्त मूल्य बराबरको चिनी, मिश्री, नरिवल, साईकलको ट्युव लगायतका सामान, चप्पल, पेय पदार्थ, माछा लगाएत सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला नियन्त्रणमा लिएको हो।