धनगढी। धनगढीको चौराहमा स्केटिङ सञ्चालनमा आएको छ। पछिल्लो समय ब्यस्त जिवन शैलीलाई चलायमान बनाउँन र युवाहरुलाई लागुऔषध दुर्वसनीबाट बचाउँने उदेश्यले धनगढीको चौराहमा डि आर के स्काईट ल्याण्ड सञ्चालनमा आएको संञ्चालक दिनेश श्रेष्ठले जानकारी दिए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ पुरानो फिल्म हलमा संञ्चालनमा आएको डि आर के स्काईट ल्याण्डमा ३० देखि ५० जनाले एकै पटक स्केटिङ गर्न सक्ने छन् । स्केटिङ गरे वाफत एक घण्टाको २ सय रुपैया तिर्नुपर्ने छ । त्यस्तै वालवालिकालाई ३० प्रतिशत छुट र महिलाहरुलाई एक सय ५० मुल्य तोकिएको छ ।
डि आर के स्काईट ल्याण्डका संञ्चालक दिनेश श्रेष्ठले युवाहरु लागुऔषधमा फसिरहेको अवस्थामा नयाँ खेलमा रमाउछन की भन्ने सोचका साथ स्केटिङ सञ्चालनमा ल्याईएको बताए । ‘यो क्षेत्रमा सबै किसिमका खेलकुदहरु सञ्चालनमा रहेका छन, तर पनि लागुऔषधको प्रयोग र कारोबारमा कमी आउन सकेको छैन’ उनले भने ‘यो नयाँ खेल भएकाले यसमार्फत युवाहरुलाई त्यस्ता गलत गतिविधिहरुबाट टाढा राख्न सकिन्छ की भन्ने सोच रहेको बताए।
‘पछिल्लो समय बालबालिकाहरु मोबाईलमा बढी समय दिईरहेका छन’ उनले भने ‘मोबाईलमा दिने त्यो समयमा यस्तो ठाउँमा ल्याउन सके शारिरीक र मानसिक रुपमा बालबालिकालाई बलियो बनाउन सकिने बताए । अभिभावकले आफुले पनि स्वास्थ्यका लागि यो खेल खेल्न सक्ने बताए । बैशाख १७ गते बाट सञ्चालनमा आएको स्केटिङमा बालबालिका र युवाहरुको सहभागीता दिन प्रतिदिन बढ्दै गएको छ ।