कैलाली। नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज पार्टीले विश्वासको मत नदिने जनाएका छन्।
संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले मुख्यमन्त्री दीर्घ सोडारीले हतारमा सल्लाह नगरेर विश्वासको मत लिन खोजेको भन्दै आज विश्वासको मत नदिने जनाए छ। ‘गठबन्धनको सरकार बनाउने कुरा हो । यहाँ हतार गर्नु पर्ने बेला छैन। बझाङको निर्वाचन भर्खर सकिएको छ । उम्मेदवारको बुवा बित्नुभएको १३ दिन पनि पुगेको छैन किन हतार गर्नु’, उनले भने।
यसअघि नै मुख्यमन्त्री सोडारीले आज ५ बजे विश्वासको मत लिन संसद् आह्वान गर्न प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए । आज प्रदेश सभा बोलाउने भन्दै बिहान कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको थियो । त्यो बैठक पनि बस्न सकेन।
एमाले संसदीय दलका नेता रावलले व्यक्तिगत रूपमा हतारो गरेर बिना परामर्श विश्वासको मत लिन हतार गरेको बताए । ‘समय छ । किन हतार गर्नुप¥यो’, उनले भने, ‘मिति तोक्ने कुरामा हतार गर्नु भयो । छिटो चाहियो भनेर हुन्छ रु एमालेले आफ्नो दृष्टिकोण बनाउन समय लाग्छ । आज कोर्स करेक्सन गर्नुहुन्छ समय आएपछि विश्वासको मत लिनुहुन्छ।’