धनगढी। कैलाली र कञ्चनपुरबाट भन्सार छलिका साढे ८ लाख बढीका सामान बरामदगरिएको छ।
कैलालीको बिभिन्न स्थान धनगढी वडा नम्बर २ बालुवाघाट, धनगढी वडा नम्बर ३ ट्राफिक चौराह, भजनी नगरपालिका–५ हलौनाघाट, जोशीपुर गाउँपालिका–३ मनिकापुर र कैलारी गाउँपालिका–४ भितरिया घाटबाट भारतबाट भन्सार छलि गरि ल्याएका १ लाख ९५ हजार ५ मूल्यका सामान बरामद गरिएको छ।
उक्त मूल्य बराबरको प्याज,चिनी,मिश्री,गुड,प्लाष्टिक झिल्ली,खुर्सानी,नरिवल, सरफ,बोईलर कुखुरा लगायतका सामान छन् । जिल्ला प्रहरी कार्यालय कैलाली रमातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो। यस्तै कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त नगरपालिका–९ मटेना, भीमदत्त १० सुकासाल, भीमदत्त नगरपालिका–१२ भाइरल पुल र बेलौरी नगरपालिका–१ फटैयाबाट अन्दाजी ६ लाख ६३ हजार ६३० मूल्य बराबरको सामान बरामद गरिएको छ।
सोही मूल्य बराबरको प्याज,चिनी,मिश्री,अचार,विभिन्न कम्पनीका क्यापसुल,माछा,मोटरसाईकल १ थान लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जनाएको छ। दुबै जिल्लाबाट ८ लाख ५८ हजार ६३५ मुल्यको नियन्त्रणमा लिएको सामान सम्बिन्धित भन्सार कार्यालयमा पठाइएको छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।