धनगढी। धनगढी-५ हसनपुरस्थीत निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा भएको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन्। आज (बुधबार) बिहान
निसर्ग हस्पिटलको प्रांगणमा भएको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेको लायन्स क्लब अफ धनगढी हेल्थ एन्ड मेडिकोका अध्यक्ष कुबेर शाहीले जानकारी दिए। लायन्स क्लब अफ धनगढी हेल्थ एन्ड मेडिको र लियो क्लब अफ धनगढी हेल्थ एन्ड मेडिको आयोजना तथा निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर र रक्त सन्चार केन्द्र धनगढी सङ्गको सहकार्यमा संयुक्त रुपमा बृहत रक्तदान कार्यक्रम गरिएको हो। लायन्स क्लब अफ धनगढी हेल्थ एन्ड मेडिकोका अध्यक्ष शाहीका अनुसार धनगढीका अस्पतालहरुमा रगतको अभाबका कारण बिरामीको उपचारमा समस्या हुन थालेको थियो। रगतको चरम अभाव सृजना भएपछि रक्तदान कार्यक्रम आयोजना गरीएको बताए । उनले कार्यक्रममा सहभागी भएर रगतदान गर्नुहुने सम्पुर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्दै यस्ले केही मात्रामा भएपनी रगतको अभावलाई परिपुर्ती गर्ने बिश्वास ब्यक्त गरेका छन्।