धनगढी। देशभर नै पानी पर्न नसकेको धेरै दिन भइसक्यो। दिनभर चर्काे घाम लाग्दा तापक्रम बढेर तराई मात्र होइन, सुदुरपश्चिमका पहाडी क्षेत्रमा समेत तापक्रम बढ्दा जनजीवन प्रभावित भइरहेको छ।सुदूरपश्चिमको तराई क्षेत्र कञ्चनपुर र कैलालीमा गर्मी अत्यधिक बढिरहेको छ।
तराईमा तापक्रम बढेर बोटबिरुवा मर्न थालिसके। तर अझै पानी पर्ने संकेत देखिएको छैन। जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले अबको ४ दिन अर्थात शनिबार (वैशाख २२ गते) देखि भने मौसम केही परिवर्तन हुने सम्भावना देखिएको बताए। ‘शनिबार पश्चिम नेपालबाट सिस्टम (पश्चिमी वायु) आउनसक्ने देखिएको छ’, उनले भने, ‘त्यसपछि बादल आउने सम्भावना छ, पर्याप्त पानी नपरे पनि देशभर मौसम तुलनात्मक रूपमा शीतल हुने अपेक्षा छ, केही राहत पक्कै हुन्छ।’
उनका अनुसार पश्चिमबाट भित्रिने मौसमी प्रणाली खासै बलियो हुँदैन। जसले गर्दा बादल भित्री हाले पनि व्यापक मात्रामा वर्षा हुने सम्भावना अलि हुँदैन। ‘पूर्वबाट भित्रिने प्रणालीले चाहिँ राम्रोसँग वर्षा गराउने सम्भावना हुन्छ’, उनले भने, ‘अहिलेसम्म त्यो सम्भावना देखिन्न।’तर शनिबार भित्रिने पश्चिमी वायुले पनि शनिबारदेखि देशका केही ठाउँमा वर्षा गराउने सम्भावना छ । अहिले ४० देखी ४५ डिग्री तापक्रम छ । उनका अनुसार धनगढीमा पनी सो अनुपातमा गर्मी रहेको बताए । ४५ डिग्री भन्दा माथी गमी बढेमा तातो हावा (लू) पनि लाग्ने खतरा हुन सक्छ ।
यो वर्ष नेपालमा अधिक गर्मी र धेरै वर्षा हुने पूर्वानुमान रहेको बताए । जलवायु विज्ञ उप्रेतीकोे वैशाख, जेठ तथा असारसम्म बढी गर्मी हुने र असारदेखि असोजसम्म औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान छ । यो अवस्थालाई सामान्य मौसममा परिवर्तन भएको अवस्थाका रूपमा बुझ्न नहुने उनको धारणा छ।‘लामो समयदेखि समुन्द्रमा एलनिनो जलवायु चक्रको असर थियो, जसले हिउँदमा वर्षा हुन दिएन। यस्तै लानिना नामको जलवायु चक्रको प्रभाव बढिरहेकाले हिट वेभको अवस्था छ। यी दुवै अवस्था जलवायु परिवर्तनसँग जोडिन्छन्,’ डा. उप्रेतीको कथन छ।
यही समयमा गत वर्ष विश्व तापमान वृद्धि १.१ डिग्री रहेकोमा अहिले विश्व तापमान वृद्धि १.२ डिग्री पुगेको उप्रेतीले बताए।विश्व तापमानमा वृद्धि हुनु, समुद्रको तापक्रममा आएको परिवर्तन र हिन्द महासागरको आइवोडी सकारात्मक भएको अवस्थालाई हेर्दा क्लाइमेटिक प्यारामिटरहरू आकर्षित भएको बुझ्नुपर्ने उनको धारणा छ। मौसमविद्का अनुसार ‘गत वर्ष यतिबेलासम्म निकै पानी परेको थियो। अहिले त प्रिमनसुनको अवधि आधा बितिसकेको छ । अब आधा मात्र बाँकी छ, त्यसपछि त मनसुन नै आउँछ। यसो हुनुको कारण जलवायु परिवर्तनलगायत थुप्रै कारण रहेको। मौसमविद्हरुको भनाई छ । गत मार्च १ मा सुरु प्रिमनसुनको औसत अवधि ३ महिना भए पनि मनसुन भित्रिनुभन्दा अघिसम्मको सिजनलाई प्रिमनसुन नै मानिन्छ। नेपालमा मनसुन (वर्षायाम) भित्रिने औसत मिति जुन १३ तारिख हो भने बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो।