कैलाली। कैलालीको धनगढीका एक युवक लागूऔषधसहित कञ्चनपुरबाट पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँ बस्ने २९ वर्षीय सुरेन्द्र श्रेष्ठ कञ्चनपुरको बेलौरी नगरपालिका-७ पौलाहबाट पक्राउ परेका हुन्।
श्रेष्ठलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलिले १।२१ ग्राम लागूऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।