धनगढी। कैलालीमा चेक अनादर मुद्दामा फरार एक महिला पक्राउ परेकी छिन्। चेक अनादर मुद्दामा फरार रहेकी कैलालीको टीकापुर नगरपालिका १ बस्ने ४२ वर्षीया सिता देवी ढुङ्गाना पक्राउ परेकी हुन्।
जिल्ला अदालत कैलालीको मिति २०७६ कार्तिक २४ गतेको फैसलाले चेक अनादर मुद्दामा ४५० जरिवाना ठहर भएर उनी फरार रहेकी थिइन् । उनलाई मंगलवार ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।