निर्वाचनमा पटक पटक परिणाम हेर्दा जनताले कांग्रेस एमाले को बिकल्प खोजेका छैनन् भन्ने हुँदै होईन। बरु विकल्पमा आउँछु भन्नेहरुलाई बिश्वास नगरेका मात्रै हुन।किनभने कांग्रेस ( एमाले को विकल्प खोज्नेहरु संग विश्वासिलो निति कार्यक्रम धर्यता सहनशीलता भन्दा पनि पुराना लाई देखाइ दिने पुराना बाट अवसर प्राप्त नगरेर बन्चित रहेका आ -आफ्ना नातागोता श्रीमती र छोराछोरी को निमित्त राजनीति गर्ने मुल नेतृत्व बाट नेपाली जनता विश्वस्त नभएको मात्र हो । वास्तवमा नेपालको परिप्रेक्ष्यमा कांग्रेस / एमाले लाई नियन्त्रण र सन्तुलनमा राख्न पनि देशमा भरपर्दो समाजवादी शक्ति चाहिएको छ।
अन्यथा अहिेलेका मुख्य प्रतिस्पर्धी दल एमाले र कांग्रेस को झन बढी घमण्ड र अराजकता बढदै जान सक्छ। यी ठूलादलका अहिले भई राखेका पात्राहरुमा परिबर्तन गरेर युरोपियानहरुले जस्तै योग्य युवा पंक्तीलाई राज्यसत्ताको बागडोर सम्हाल्ने अग्रभागमा ल्याउन अभ्यास गर्नपनि जरुरी छ। बिकल्प बन्ने सपना देखेकाले पनि भई राखेका भन्दा फरक सक्षम र इमान्दार भएको पुष्टी गर्न आफुलाई परीक्षामा खरो रुपमा उतार्न आवश्यक छ। बिकल्प बोलेर होइन, ब्यवहारले मात्र बन्न सकिन्छ भन्ने पुष्टि यूवा नेता-कार्यकर्ता ले पनि गर्न सक्नुपर्छ त्यो हामीले गर्न सकेनौं र सकिरहेका छैनौं ।
बिहानीले दिउँसोको संकेत गर्छ भने झैं आफ्नै साथी सहयोद्वा संग मिल्न अथवा मिलाएर लैजान नसक्नेहरुले देशलाइ नै समृद्ध बनाउने नेतृत्व गर्न सक्छन भन्ने बिश्वास जनताले नगर्नु स्वभाविक हो। यति छर्लङ्ग हुदाहुदै पनि हामीले पटकपटक बुर्जुवा नेतृत्वको अहंकारको शिकार हुनु अथवा नयाँ स्टंटको मजदुर हुनु भविस्यको लागि झनै खतराको संकेत हुनेछ । त्यसैले देश बनाउँछु भन्नेहरुले पहिले छाती फराकिलो पारेर आफनो दललाई नमुना बनाएर प्रमाणित गर्न सक्नुपर्छ। र सिक्नुपर्ने हुन्छ। आजभन्दा ७ वर्ष अगाडि मात्र स्थापना भएको लिवर्टी पार्टी दक्षिण कोरियामा ठुला दल भित्र पर्द्छ उसको सदस्य संख्या ३.८ मिलियन रहेको छ । यस्तै सन २०१६ मात्र स्थापना भएको ला रिपब्कन मरिचे पार्टीको अध्यक्ष एमुनायल मार्को अहिले फ्रान्स का २५औं राष्ट्रपति छन । ४ वर्ष अगाडि मात्र राजनीतिमा आएका भ्वादमिर जिलेस्कि अहिले यूक्रीनका राष्ट्रपति छन । १० वर्ष अगाडि मात्र स्थापना भएको इजिप्ट को इजिप्सियान दल अहिले इजिप्ट को सबैभन्दा ठुलो दल बनेको छ ।
११ वर्ष अगाडि स्थापना भएको ब्राजिल सोसियल डेमोक्रेटिक पार्टी आदि आदि सबै जनताको बिचमा स्थापित भइरहेका छन ।
माथी उल्लेखित बिबिध देशमा उदाएका बैकल्पिक दलको साझा आधार हो ती दलका नेतृत्वको ब्यक्तित्व र ब्यवहार। तसर्थ अहिलेको जनता अथवा मतदाताले बोलीमा शैक्षिक प्रमाणपत्रमा अथवा चक्लेट स्टंटमा होइन ब्यवहारमा बिश्वास गर्छ भन्ने तथ्यलाई अंगिकार नगरी अरुको कमजोरीलाई बेचेर बिकल्प बन्छु भन्ने पुरातन शैलीलाई नसच्याएसम्म नेपाली जनताले चुन्ने भनेको खराब मध्यको कम खरावलाई नै हो।
लेखक : मिनराज बडु (राजनीतिक समिति सदस्य नेसपा केन्द्रिय समिति)