धनगढी। कैलालीको गोदावरीस्थीत हाटखोलीमा नुहाउन गएका एक बालकको डुबेर मृत्यु भएको छ।
धनगढी उपमहानगपालिका ४ उत्तरबेहडीका लक्ष्मण चौधरीको १३ वर्षीय छोरा राजिव चौधरीको पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। कैलालीको गोदावरी नगरपालिका-८ मा रहेको हाटखोली खोलामा नुहाउन गएका उनको डुबेर मृत्यु प्रहरीले जनाएको छ।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।