बझाङ। बझाङमा शनिबार भएको उपनिर्वाचनको मतगणना गर्न सर्वदलीय बैठक सुरु भएको छ ।
उपनिर्वाचन अन्तर्गत शनिबार भएको बझाङ प्रदेशसभा सदस्य १ को मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक सुरु भएको हो । सर्वदलीय बैठकको सहमतिअनुसार मतगणना सुरु गर्ने तयारी छ । मतगणना बझाङ जिल्ला अदालतमा गर्ने तयारी छ ।
शनिवार भएको उपनिर्वाचनमा ४९.१२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए । उच्च हिमाली क्षेत्रका मतपेटिका आइतबार हेलिकोप्टरमार्फत सदरमुकाम चैनपुर ल्याएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्न लागिएको हो ।