धनगढी। धनगढी वडा नम्बर १२ का वडा सदस्य महेन्द्र खड्काले आफ्नो जन्मीदनको अवसरमा शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेका छन्।
आज (आईतबार) वडा सदस्य खड्काले आफ्नो जन्मदिनको अवसरमा धनगढी वडा नम्बर १२ मा रहेको बेहडाबाबा आधारभुत बिद्यालयलाई कपी तथा खेलकुदका सामाग्री सहयोग गरेका हुन्। धनगढी उपमहामनगरपालीकाका न्यायिक समिती सदस्य समेत रहेका खड्काले २० हजार मुल्य बराबरको कपी तथा खेलकुदका सामाग्री बिद्यालयलाई सहयोग गरेको जानकारी दिए। उनले जन्मदिनको अवसरमा फजुल खर्च गर्नु भन्दा बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई केही मात्रामा शैक्षिक क्षेत्रमा सहज होस् भन्ने उदेश्यले सहयोग गरेको बताए। जन्मदिन मनाउन बिद्यालयमै पुगेका वडा सदस्य खड्कालाई बेहडाबाबा आधारभुत बिद्यालय ब्यवस्थापन समिती अध्यक्ष, प्रधानाध्यापक तथा शिक्षकहरुले खादामालाले स्वागत गर्दै जन्मदिनको शुभकामना ब्यक्त गरेका थिए।
बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष रामचन्द्र भट्टले शैक्षिक तथा खेलकुद सामाग्री सहयोगले केही मात्रामा भएपनी बिद्यालय र बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई शैक्षिक उन्नयनमा टेवा पुग्ने बिश्वास ब्यक्त गरे । उनले वडा सदस्य खड्का एक जनप्रतिनिधी मात्र नभएर सहयोगी मिलनसार तथा सामाजिक कार्य क्षेत्रमा पनी अब्बल ब्यक्तीको रुपमा परिचित रहेको जानकारी दिएका छन् ।