धनगढी। बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं – १ मा भएको उपनिर्वाचनमा मतदान सकिएको छ। आज शनिवार बझाङ प्रदेश सभा १ र इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन भएको हो ।
उपनिर्वाचनमा मतदाताको उत्साह कम देखिएको छ ।
शनिवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानका क्रममा बझाङको प्रदेश सभा १ मा ४९.१२प्रतिशत हाराहारी मतदान भएको छ । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टका अनुसार टेलीफोन सम्पर्कमा कठिनाईका कारण बिवरण संकलन हुन नसकिएको बताए ।
बझाङमा २९ हजार ७३८ मत खसेको प्रारम्भिक जानकारी प्राप्त भैसकेको र अझै केही मतदान केन्द्रको विवरण आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।यस्तै इलाम क्षेत्र नम्बर २ मा ५७ प्रतिशत हाराहारी मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने–‘बझाङमा ५४ प्रतिशतसम्म मतदान होला भन्ने अपेक्षा थियो ४९.१२ प्रतिशत हाराहारी होला जस्तो देखिन्छ ।
यद्यपि अहिलेसम्म आधिकारिक विवरण आइसकेको छैन । इलाममा ६० प्रतिशत पुग्छ कि भन्ने अपेक्षा गरेका छौं । अधिकांश मतदान केन्द्र खाली भइसकेको छ । साँझ ६ कति मत खस्यो, कसरी मतगणना गर्छौँ भन्ने विवरण सार्वजनिक गर्नेछौँ । उनले इलामका एउटा मतदान केन्द्रमा सामान्य विवाद बाहेक अन्य सम्पूर्ण मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भएको जानकारी दिए ।