धनगढी। बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा दिउँसो भएपछि मतदान गर्नेको सङ्ख्या बढेको छ। बिहान ११ बजेसम्म १५ प्रतिशत मतदान भएको सो क्षेत्रमा दिउँसो १ः३० बजेसम्म ३७ प्रतिशत मतदान भएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले बताउनुभयो ।
उनले प्रदेश सभा १ को निर्वाचन क्षेत्रभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको बताए । मतदाताले खेतबारीको काम गरेर, खाना खाएर ठुलो सङ्ख्यामा मतदान क्षेत्रमा आउन थालेको उनको भनाइ छ । सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहका उपनिर्वाचन हुने प्रदेश सभा निर्वाचन क्षेत्र१ का ७४ वटै मतदानस्थल र ९३ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ ।सो क्षेत्रको चुनावमा सात वटा पालिका ४९ र थलारा गाउँपालिकाको वडा नम्बर ९ सहित ५० वडाका मतदाता सहभागी भएका छन् । सात पालिकामा जयपृथ्वी नगरपालिका ११, मष्टा ७, तलकोट ७, साइपाल ५, सुर्मा ५, छविसपाथिभरा ७, खप्तडछान्ना गाउँपालिकामा ७ वडा छन् ।
मतदान शान्तिपूर्ण बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली मतदान केन्द्रमा खटिएको प्रहरी नायव उपरीक्षक शाहले बताउनुभयो । उहाँका अनुसार शनिबार नै सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम चैनपुर ल्याइने छ । साइपाल गाउँपालिका लगायतका विकट क्षेत्रबाट भने मतपेटिका हेलिकोप्टरबाट ल्याइने भएको छ ।
सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन थालेको हो । ११ जना उम्मेदवार रहेको सो क्षेत्रबाट मुख्य दलहरू क्रमशः नेपाली कांग्रेसले स्व। सिंहको जेठा छोरा अभिषेकबहादुर सिंह, नेकपा ९एमाले० ले दमन भण्डारी, नेकपा ९माओवादी केन्द्र० का जनक बुढा र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।