कैलाली। कैलालीको गोदावरी नगरपालिका वडा न. २ को अत्तरिया चोकको सिटी सेन्टरको तेस्रो तलामा अत्तरिया स्केटिङ्ग संचालनमा आएको छ ।
पछिल्लो समय बालबालिकामा मोबाईलको लत बढ्दै गएकोले उनीहरुलाई खेल तर्फ आकर्षित गर्नका लागि अत्तरिया स्केटीङ्ग संचालनमा ल्याईएको संचालक भुवन महराले बताए । करिव २० लाखको लागतमा अत्तरिया स्केटीङ्ग ल्याएको उनले जानकारी दिए ।
उद्घाटन क्रममा बोल्दै स्ववियु सभापति भुवन महराले यो एउटा साहसी खेल भएकोले अरु खेलभन्दा गाह्रो हुने भएकाले प्रशिक्षकहरूको व्यवस्था पनि गरिएको बताए। पछिल्लो समय युवा पुस्ताहरू विभिन्न किसिमको कुलतहरूमा फसेका कारण ती त्यस्ता युवाहरूलाई यस खेलको माध्यमबाट केही सहज हुने उद्देश्यले अत्तरिया स्केटिङ्ग सञ्चालन ल्याएको बताए।
यस्तै अत्तरिया स्केटिङ्गका सञ्चालक प्रकाश महराले स्केटिङ्ग यस क्षेत्रका नौलो भएको बताउदै युवा पुस्ताका बालबालिकाहरूका लागि यो खेल महत्वपूर्ण नै रहेको बताए। यस खेलमा उत्कृष्ट खेलाडीहरूलाई देशभित्र र देश बाहिरका विभिन्न प्रतियोगिताहरूमा सहभागी गराउने लक्ष्य समेत रहेको उनले बताएका थिए।
यस्तै उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहराले उत्कृष्ट कार्यलाई धन्यवाद दिँदै विदेशी क्षेत्रमा स्केटिङ्ग खेल उत्कृष्ट भएको बताए। हाम्रो क्षेत्रको लागि नयाँ भएको सबैले स्वास्थ रहन खेललाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।अत्तरियामा पहिलोपटक स्केटिङ संचालनमा आएपछि यस खेलमा रुची राख्नेहरुले सिक्ने र खेलमा सहभागिता जनाउने संचालकहरुको अपेक्षा रहेको छ । खेल सिकाउनका लागि अनुभवी प्रशिक्षक संगै सम्भावित दुर्घटनालाई ख्याल गरी सुरक्षाका सामाग्री प्रयोगको ब्यबस्था गरिएको महराले जानकारी दिए ।