कञ्चनपुर। कञ्चनपुरमा प्रहरीले डेढ लाख मुल्य बराबरका सामान बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० तिनतारा, बेलौरी नगरपालिका–१ फटैया र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट भारतबाट भन्सार छलि ल्याएका सामान बरामद गरिएका हुन् ।
प्याज, चिनी, लेडिज सुट, कपडा, वाईरिङका सामान, जुत्ता, मोटरसाईकलको ट्युव, चेन, हार्डबेयर, किराना लगायतका एक लाख ४८ हजार ७७५ मुल्य बराबरका सामान बरामद गरेको हो । बरामद गरिएका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।