धनगढी : धनगढीमा क्यान्सर रोग सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । आज साँझ ६ बजेदेखी धनगढीको होटेल डिभोटीमा धनगढीका बिभिन्न अस्पतालमा कार्यरत चिकित्क तथा स्वास्थ्यकर्मीहरु संग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिन लागेको हो । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धी काठमाण्डौँको आयोजनामा अन्तरक्रिया कार्यक्रम आयोजना हुन लागेको हो । पछिल्लो समय नेपालमा क्यान्सर रोग बढ्दै गएको स्थितीमा यसको निराकरण र सहज उपचार बिधिबारे अन्तरक्रिया गरिने नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष तथा क्यान्सर रोग बिषेशज्ञ डा.सुदिप श्रेस्ठले बताए ।
हामी धनगढी रनेपालगन्जमा क्यान्सर सम्बन्धि अन्तरक्रिया गर्दै छौँ, आज धनगढी र भोली नेपालगन्जमा कार्यक्रम आयोजना हुन्छ उनले भने “पछिल्लो समय क्यान्सरका रोगी बढ्दै छन्, बिगतभन्दा पछिल्लो समय यसको उपचारपनि बढ्दै छ, तर नेपालमै सहज र सरल उपचार हुने भएपनि हाम्रा नागरिक छिमेकी देश भारतमा उपचारका लागी गएर बढी दुख खेपिरहेका छन्, यस्तै कुरालाई मध्यनजर गरेर हामीले धनगढीमा यहाँका निजि तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु संग अन्तरक्रिया गर्न खोजेका हौँ ।” यो कार्यक्रमले क्यान्सर बारे यहाँको स्थिती, स्वास्थ्यको पहुँच लगायत बारे स्पस्ट हुनेछौँ उनले भने “क्यान्सर रोगीहरुलाई उपचारमा सरकारले सहुलियत दिन्छ, यस बारेपनि छलफल हुने छ र बिषेशगरी यो रोग बढ्दै जानुको कारण र स्वदेशमै उपचार हुने बिषयमा छलफल गर्ने छौँ, क्यान्सर लागिहाले के गर्ने कता जाने भन्ने अन्यौलताले समयमै उपचार हुन सकिरहेको छैन, त्यस कारण हामी यहाँका चिकित्सक सगं छलफल गर्न खोजिरहेका हौँ ।”
क्यान्सर सकेसम्म लाग्न नदिऔँ, धुम्रपान, मध्यपान नगरौँ, जगं फुडहरु नखाऔँ उनले भने “एदी क्यान्सर लागिहाले समयमै उपचार गराएर निको पार्ने तर्फ सोच्नुपर्छ ।” निजी क्षेत्रको पहिलो नेपाल क्यान्सर अस्पतालले विश्वभरका बिरामी र उनीहरूका परिवारहरूलाई उच्च गुणस्तरको अत्याधुनिक उपचार र उत्कृष्ट हेरचाह प्रदान गर्न स्थापना गरिएको हो।