कञ्चनपुर। कञ्चनपुरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । आज शुक्रवार बिहान जिल्लाको शुक्लाफाँटा नगरपालिका(८ पारिफाँटाका रवीन्द्र धामी बाघको आक्रमणबाट एक जना घाइते भएका हुन् ।
आज बिहान घाँसदाउरा गर्न गएका बेला भगवती सामुदायिक वनतिरबाट आएको बाघले उनलाई आक्रमण गरेको प्रहरीले बताएको छ । घाइते धामीलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।
उनको अवस्था सामान्य रहेको बताइएको छ ।