धनगढी। कैलालीको टीकापुरबाट जुवा मुद्दाका ३ फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको मिति २०७५ जेठ ३१ गतेको फैसलाले जुवा मुद्दामा जनहि २ सय जरिवाना ठहर भई फरार रहेका तिन जना प्रतिवादी बिहीवार पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ का ५० वर्षीय बलराम चौधरी,४५ वर्षीय भरत थापा र ४८ वर्षीय विरभान बिक हुन्।
तीनै जनालाई ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरुकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि सजाए भुक्तानका लागि अदालतमा उपस्थित गराइएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।