धनगढी। धनगढीमा रहेको अपि सैपाल थकाली खाना घर एन्ड क्याफेको भाग्यशाली उपहार जित्ने कपिलदेव चौधरीलाई साइकल हस्तान्तरण गरिएको छ। अपि सैपाल थकाली खाना घर एन्ड क्याफेका का सञ्चालक रामबहादुर बोहराले उनलाई साइकल हस्तान्तरण गरेका हुन्।
थकाली खाना घरले यही चैत ९ गतेदेखि १६ गतेसम्म होलीको अवसरमा विशेष छुट् सहित खुला गरेको भाग्यशाली साइकल उपहार चौधरीले जितेका थिए। खाना घरमा स्पेसल थकाली खाना, कोदो र मकैको रोटी, कोदोको ढिँडो पनि उपलब्ध रहेको छ। खाना घरमा मटन र लोकल चिकेन खाना २५० मा खुवाइन्छ भने थकाली खानाको मूल्य ४२०, कोदो र मकैको रोटी, चटनी, साग र मोहीको १७० रुपैयाँ छ। होटेलमा बझाङको अर्ग्यानिक मकै र कोदो अनि भाङको चटनी र मोही नास्ताको रूपमा उपलब्ध छ। केही महिना अघि मात्रै धनगढीमा थकाली खाना घर सञ्चालनमा आएको हो।