धनगढी। कैलालीमा सवारी ज्यान मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फरक(फरक मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भएपछि फरार रहेका दुबै जनालाई मंगलवार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सवारी ज्यान मुद्दामा ५ महिना ४ दिन कैद सजाय र ४ हजार जरिवाना ठहर भएका गौरीगंगा नगरपालिका–६ बस्ने २४ वर्षीय टेकबहादुर खड्का र १ महिना ९ दिन कैद सजाय ठहर भएका गोदावरी नगरपालिका–८ बस्ने २६ वर्षीय सरोज चौधरी हुन्। जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फरार दुबै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।