बैतडी। बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ । रोजगारीको सिलसिलामा भारतमा रहेका डिलासैनी गाउँपालिका(३ का २६ वर्षीय दीपक बोहराको सोमवार मृत्यु भएको सो वडाका अध्यक्ष रघुवीर बोहराले बताए ।
करिब ५ वर्ष अगाडिबाट भारतको बेङ्लोरमा काम गर्दै आएका उनी लामो समयदेखि उपचार गराउँदै आएकामा हिजो अस्पतालबाट कोठामा पुगेपछि मृत्यु भएको बताइएको छ । मृतक साउँदका आफन्तका अनुसार उनकी श्रीमती पनि रोजगारीकै सिलसिलामा भारतमा छिन् ।