धनगढी। धनगढीमा टिभिएस अपाचेको नयाँ मोडल ‘आरटीआर १६०–टूभी रिफ्रेस’ सार्वजनिक गरिएको छ। धनगढीका लागि टिभिएसको आधिकारिक बिक्रेता बागेश्वरी अटोमोटिभ्सले मंगलबार अपाचेको नयाँ मोडल ‘अपाचे आरटीआर १६०–टूभी रिफ्रेस’ सार्वजनिक गरेको हो ।
टिभिएस मोटर्स नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले सार्वजनिक गरेको टिभिएस अपाचेको नयाँ मोडल अपाचे आरटीआर १६०–टूभी रिफ्रेस धनगढीमा पनि एक कार्यक्रकको आयोजना गर्दै बिक्रीका लागि सार्वजनिक गरिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका निमित्त ट्राफिक प्रमुख बरिष्ठ प्रहरी नायव निरीक्षक सिद्धीगणेश शाह र नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीले संयुक्त रुपमा मोटरसाइकलको कभर उघारेर सार्वजनिक गरेका हुन् ।
बजारको माग र युवाहरुको चाहना अनुरुप कम्पनिले टिभिएस अपाचे आरटीआर १६०–टूभी रिफ्रेसमा कम्पनीले विभिन्न फिचरहरु थप गरेको छ । टिभिएस अपाचे आरटीआर १६० टू भी रिफ्रेसमा १६० सीसी आरटीआर इन्जिन रहेको छ । जस्ले सेग्मेन्टकै उच्चतम १४.४ पीएस पावर र १३ एनएम टर्क जेनेरेट गर्छ । टिभिएस स्मार्टकनेक्ट जसको सहायताले राईडरहरुले सजिलै कल तथा टेक्स्ट नोटिफीकेसन जस्ता सुविधाको प्रयोग गर्न पाउनेछन् । साथै रेस इन्स्पायर्ड डिजिटल डिस्प्ले, आकर्षक एलईडी हेडल्याम्प र सिग्नेचर एलईडी टेल ल्याम्पले मोटरसाइकल सुसज्जित रहेको बागेश्वरी अटोमोटिभ्सका सञ्चालक प्रेम साउँदले बताए ।
नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीले ब्यवसायीक सफलताको शुभकामना दिएका छन् ।टिभिएसले नेपाली बजारमा टिभिएस रोनिन, रेडर, अपाचे, एन्टर्क, आईक्युब, जस्ता उत्कृष्ट बाईक तथा स्कुटरहरु उपलब्द गराउँदै आएको छ । टिभिएस बाइक र स्कुटरमा एडभान्स फिचरहरु राख्दै प्रयोगकर्ताहरु माँझ राम्रो प्रभाव पार्न सफल बनेको छ ।