धनगढी। कैलालीमा बिभिन्न मुद्धामा फरार रहेका तीन जना प्रतिबादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीबाट दोषी ठहर तर फरार रहेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमवार नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बिना ईजाजत वन पैदावार ओसार पसार मुद्दामा १२ महिना कैद सजाय र ४ हजार ९४८ जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–११ बस्ने ३०वर्षीय सन्तरी राना छन् । यस्तै
चोरी मुद्दामा ६ महिना कैद सजाय र ५ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१५ बस्ने ३० वर्षीय पद्दुलाल चौधरी र वन सम्बन्धी मुद्दामा १ लाख ४५ हजार जरिवाना ठहर भएका भजनी नगरपालिका–८ बस्ने वर्षीय ३२ रमेश चौधरी रहेका छन्। दोषी ठहर भएका तीनै जनालाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए।