काठमाडौँ। नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन अवस्थामा रहेका १६ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
विभिन्न मितिदेखि प्रहरी हवल्दार, सहायक हवल्दार, जवानलगायत पदमा कार्यरत उनीहरु आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र सम्पर्कमा पनि नआएको भन्दै ७ दिने सूचना निकालिएको हो।
यसरी सम्पर्कविहीन रहेकाहरुमा एक जना कञ्चनपुरका पनि छन्। कार्यालयले तोकिएको मितिमा चित्तबुझ्दो जवाफसहित कार्यालयमा हाजिर हुन नआएमा सेवाबाट हटाएर कारबाही गरिने जनाएको छ ।