तेजजंग मल्ल,धनगढी। शिक्षा क्षेत्र आफैंमा शान्ति क्षेत्रको रुपमा लिइन्छ। अग्रणी शैक्षिक संस्थाको रुपमा चिनिएको कैलाली बहुमुखी क्याम्पस सुदुरपश्चिम प्रदेशकै आफैंमा गौरव बोकेको संस्था हो । तर कतिपय शैक्षिक संस्था भित्र राजनितीक कृयाकलापका कारण शिक्षा क्षेत्र प्रभावित बन्न पुगेको हुन्छ।
क्याम्पसको समग्र बिषय र शिक्षा क्षेत्रको बिकासका लागी राजनिती गरिए त्यसले सार्थकता पाउँछ। तर बिद्यार्थीको शिक्षा क्षेत्र प्रभावित बन्ने गरि राजनिती गरिए समग्र शैक्षिक क्षेत्रमा असर पर्न सक्छ । सोही उदारणको रुपमा लिन सकिन्छ आज राष्ट्रिय स्वतन्त्र पार्टी नेता समेत रहेकी शिक्षा मन्त्री सुमना श्रेष्ठ कैलाली बहुमुखी क्याम्पसमा आउने कुराको।
कैलाली बहुमुखी क्याम्पसले क्याम्पस प्रबेश गर्ने हरेक पाहुनालाई सर सम्मान स्वागत तथा आदर सत्कार गर्दै आएको छ। गरिरहने छ । आज राष्ट्रिय स्वतन्त्र पार्टी र शिक्षा मन्त्री सुमना श्रेष्ठले सुरक्षाको कारण देखाउँदै गरेको अपमान हामीलाई कुनै पनी हालतमा स्वीकार्य छैन। मन्त्री ज्युले यस क्याम्पसमा आउन चाहेको इक्षा ब्यक्त गर्दै स्वतन्त्र पार्टीका प्रतिनिधि लाई क्याम्पसमा पठाइन्। सोही क्रममा मन्त्रीले कैलाली क्याम्पसमा हाम्रा प्राध्यापक र बिद्यार्थी संग अन्तक्रिर्या गर्ने भनीयो।अन्तिम समयसम्म नगर प्रमुखलाइ भेटेपछि क्याम्पसका लागी निस्किइन भन्दै जानकारी गराइयो । हाम्रा क्याम्पस प्राध्यापक र बिद्यार्थीहरू मन्त्रीलाई स्वागत गर्न हतार गरी क्याम्पस गेटमा लाइन बद्ध थियौँ ।
एकाएक फोन आयो । सुरक्षालाई कारण देखाई उनको गाडी रास्वपाको पार्टी कार्यालय तिर मोडियो । उनी उतै लागीन । कैलाली बहुमुखी क्याम्पस परिवारको गरिएको अपमानको भर्त्सना गर्दछौं । यस्ता अपरिपक्व मन्त्रीले राजीनामा दिएको बेस । साथै हाम्रो क्याम्पस शान्ती क्षेत्र हो । हामी माथी गरिएको अपमानका सन्दर्भमा उहाँले तत्काल माफी माग्नु पर्छ । यसका लेखक तेजजंग मल्ल हुन् । उनी कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थी हुन् ।भिडियो तल हेर्नुहोस् ।