धनगढी : नागरिक उन्मुुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठले पार्टीको निति र नेतृत्व बिपरित देखिएका सांसदहरुलाई कार्वाहीको संकेत गरेकी छिन् । आइतबार धनगढी बिमानस्थलमा सञ्चारकर्मीहरुका प्रश्नको जवाफ दिदै अध्यक्ष श्रेष्ठले पार्टी निर्णय बिपरित जानुले संसदबाट हट्ने चाहना भएको ठम्याएकि छिन् । आफ्ना ५ जना सांसदहरुलाई अँझै सच्चिने मौका दिएको बताउँदै उनले संसदबाटै हट्ने तयारी भएपनि आफु त्यसको स्वागत गर्न तयार रहेको बताइन् ।
‘मलाई आशा छ, अझै पनि ५ जना सांसदहरु फर्केर एकै ठाउँमा आउनेछन । पार्टीको विधान मान्नेछन तर उनीहरुको सांसद पदबाटै हटेर जाने ईच्छा हो भने पनि म उहाँहरुको निर्णयको स्वागत नै गर्छु’ रञ्जीताले भनिन । नागरिक उन्मुक्तिभीत्र विवाद भएपछि उसका ७ जना मध्ये ५ जना कमल बहादुर शाहको मन्त्रीमण्डलमा सहभागि भएका थिए । पत्रकारहरुले ५ जनालाई कारवाही हुन्छ त ? भनेको प्र्रश्नमा उनले थपिन, ‘नागरिक उन्मुक्ति राजनीतिक दल हो । राजनीतक दल सम्बन्धि कानून छ । दलको विधान छ । दलबिहीन भयो भने के हुन्छ भन्ने कुरा दफा÷दफावार लेखेको छ । साथीहरुको त्यही चाहना हो भने मेरो भन्नुके छ र ।’
उनले मुख्यमन्त्री दीर्घ सोडारीको सपथ कार्यक्रमबाट बाहिरिएकर गएकी प्रदेश सभा सदस्य टीका थापा भने सरकारमा आउने बताईन । ‘अध्यक्ष श्रेष्ठले अहिलेको सत्ता समीकरण बचाउनका लागि आफ्नो दलले सुदूरपश्चिममा मुख्यमन्त्री छोडेको बताइन्। उनले अहिलेको सुदूरपश्चिम सरकारलाई बचाउने बताइन्। उनले भनिन्, ‘हाम्रो एक जना भौतिक पूर्वाधार मन्त्रालयमा जानुभयो। अर्को टीका थापालाई मन्त्रालय तोक्ने बित्तिकै सरकारमा जानुहुन्छ, बिना विभागीय मन्त्री भएर मात्रै नजानु भएको हो।’ ‘मैले गठबन्धन जोगाउनकै लागि एक कदम पछाडि हटेर पाएके मुख्यमन्त्रीको पद छोडनुप¥यो’ उनले भनिन ।