कञ्चनपुर। कञ्चनपुरमा सवारी ज्यान मुद्दाका एक जना फरार प्रतिबादीलाई पक्राउ परेका छन् ।
जिल्ला अदालत कञ्चनपुरबाट सवारी ज्यान मुद्दामा २ महिना ८ दिन कैद सजाय र ७० हजार जरिवाना ठहर भई फरार रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–६ सुकासाल बस्ने ५१ वर्षीय करन चन्दलाई प्रहरीले पक्राउ गरेको हो।
शुक्रवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले फरार प्रतिबादी चन्दलाई पक्राउ गरेको हो। जिल्ला अदालत कञ्चनपुरले २०८० माघ ८ गते चन्दलाई फैसला सुनाएपछि उनी फरार रहेका थिए। उनलाई पक्राउ गरी सजाय भुक्तानका लागि अदालतमा पेस गरिएको छ ।