धनगढी। कैलालीमा गहुँबालीमा लागेको आगो निभाउने क्रममा एक जना जलेर घाइते भएका छन्। कैलालीको गौरीगंगा नगरपालिका–३ भोजपुरका ६२ वर्षीय विरबहादुर शाहु जलेर घाइते भएको प्रहरीले जनाएको छ।
गहुँ काटेको आफ्नो बारीको नलमा आगो लगाउँदा हावाले अर्काको गहुबालीमा आगो सल्केपछि निभाउँन खोज्दा शाहु जलेर घाइते भएका हुन्। उनका दुबै हात, खुट्टा र शरीर जलेको छ। घाइते शाहुको स्थानीय चौमाला मेडिकलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।