कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थीत गहुँबालीमा आगलागी भएको छ। आज बिहीबार दिउँसो जिल्लाको दोधरा चाँदनी नगरपालिका ७ का विरबहादुर सुनार सहित २० जनाको गहुँबालीमा आगलागी भएको हो।
बिद्युतको तार एक आपसमा ठोक्किएर तार सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए। घटनाको विवरण संकलन भैरहेको उनले जानकारी दिए ।दिउँसो साढे एक बजेतिर लागेको आगो स्थानियबासी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले झण्डै २ घण्टापछि मात्रै आगोलाई नियन्त्रणमा ल्याएका थिए।
दोधारा चाँदनी नगरपालिका कार्यालय रहेको बरुण यन्त्र र भिमदत्तनगरपालिका कार्यालयको बरुण यन्त्र प्रयोगमा ल्याइएको थियो। खेतमा लागेको आगोले गहुँवाली खरानी भएपछि किसानलाई लाउन खानमा चिन्ता लागेको छ ।
दोधारा चाँदनी नगरपालिका–६ का वडाध्यक्ष ओंम बस्नेतले आज हावाहुरी चलेका कारण बिद्युत तार एकआपसमा जोडिदा आगलागी भएको बताए।
उनले आगलागीबाट ठुलो क्षती भएको र स्थानिय सरकार र बिद्युतले क्षतीपुर्तीको लागी पहल हुने आश्वासन दिएका छन्। आगलागीबाट करिब आठ विघामा लगाइएको २० घरपरिवारको गहुँबाली जलेर नष्ट भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। बिद्युतको तार एक आपसमा ठोक्किएर तार सर्ट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जोशीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।