धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन्।
सोडारीले एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । बिहीबार दिउँसो उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई प्रदेश प्रमुख नजिर मियाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
सोडारीले आजै साँझ ७ बजे सपथ लिनेछन्।यसअघि गत आइतबार नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले-माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबीका आधारमा निष्कर्षमा पुग्न नसकिएको भन्दै पुन: मुख्यमन्त्रीमा दाबी आह्वान गरेका थिए ।