धनगढी। नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ५ को सम्मेलन आगामी वैशाख १९ गते हुने भएको छ।
नेपाली काँग्रेस कैलालीको पार्टी कार्यालय विपी स्मृति भवन बसेको क्षेत्र नम्बर ५ को क्षेत्रीय कार्य समितिको बैठकले वैशाख १९ गते दोस्रो क्षेत्रीय सम्मेलन गर्ने निर्णय गरेको क्षेत्र नम्बर ५ का सभापति भीम पडालले जानकारी दिए ।
क्षेत्रीय सम्मेलनमा क्षेत्र नम्बर ५ ले प्रकाशन गरेको भित्ते पात्रो समेत विमोचन गरिने भएको छ। त्यसैगरी वैठकले प्रदेश क र ख लाई त्यसअघि नै सम्मेलन गर्न समेत निर्देशन दिएको क्षेत्र नम्बर ५ का प्रवक्ता प्रदीप पाठकले जानकारी दिए ।