धनगढी। यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले बझाङ प्रदेशसभा १ र इलाम क्षेत्र नम्बर २ का लागि मतपत्र छपाई गरेर पठाइसकेको छ । यतिबेला बझाङ प्रदेशसभा १ मा ११ जना उम्मेदवारहरू र इलाम २ मा १९ जना उम्मेदवारहरू चुनावी प्रचारमा रहेका छन्।
निर्वाचन आयोगले ती क्षेत्रमा प्रयोग हुने मतपत्रको नमुना सार्वजनिक गरेको छ। जस अनुसार यता बझाङ प्रदेशसभाको निर्वाचनका लागि सार्वजनिक नमुना मतपत्रमा पहिलो नम्बरमा एमाले, दोस्रोमा कांग्रेस, तेस्रोमा माओवादी केन्द्र, चौथोमा राप्रपा लगायतका दलहरूको चुनाव चिन्ह राखिएको छ। इलाम क्षेत्र नम्बर २ मा मतपत्रको पहिलो नम्बरमा एमालेको सूर्य चिन्ह, दोस्रोमा कांग्रेसको रुख, तेस्रोमा रास्वपाको घण्टी, चौथोमा राप्रपाको हलो, पाँचौँमा जनमत पार्टीको हर्न लगायत क्रमशः अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूको चिन्ह रहेको छ ।