मंगलबार प्रदेश प्रमुख नजिर मियाँले ६ गते साँझ ५ बजे सम्मको लागि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्न थप समय दिएका थिए । २ गते मुख्यमन्त्रीमा दाबी गरेका नागरिक उन्मुक्ति पार्टीका दुबै सांसदहरूको दाबी अस्वीकृत गर्दै प्रदेश प्रमुखले नयाँ समय दिएका हुन् । २ गते वैकल्पिक गठबन्धनबाट नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी र केन्द्रीय सत्ता गठबन्धनबाट नाउपाकै कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी गरेका थिए । लक्ष्मण किशोर नेता रेशम चौधरी पक्षका सांसद हुन् भने कैलाश अध्यक्ष रन्जिता श्रेष्ठ पक्षका सांसद हुन् । आज दुबै दाबी प्रदेश प्रमुखले. खारेज गरेर संविधानको १६८ को २ बमोजिम पुन आह्वान गरेका छन् ।
‘लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री नियुक्त गरिनु पर्ने थियो । उहाँको बहुमत थियो तर, प्रदेश प्रमुखले समय लिएर फेरि समय थप गर्नु भयो त्यो असंवैधानिक काम हो’, उनले भने, ‘हामी न्यायालय जान्छौँ ।’ उनले नेकपा एकीकृत समाजवादीले नैतिकता देखाउन नसकेको बताए । यस अघि नाउपाका सांसद लक्ष्मण किशोर चौधरीलाई समर्थन गरेर पछि फेरि फिर्ता लिएको भन्दै उनले नेकपा एकीकृत समाजवादीले नैतिकता नदेखाएको जिकिर गरे ।