धनगढी : सुदुरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपा एकिकृत समाजवादीलाई दिन सत्ता गठबन्धन तयार भएको छ । सत्ता गठबन्धनका चार दलहरुबीच बैठकले समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने सहमति भएको हो । नागरिक उन्मुक्तीका लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिदै एकिकृत समाजवादीले माओवादी, एमाले र नागरिक उन्मुक्तीको रञ्जिता पक्षलाई लिएर मुख्यमन्त्रीमा दावी पेस गर्ने जनाइएको हो ।
नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र समाजवादीका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । अब मुख्यमन्त्री सोडारी हुँदा एमाले, माओवादी र नागरिक उन्मुक्ती तथा स्वतन्त्र सांसद समेत गठबन्धनलाई समर्थन गर्ने जनाइएको छ ।