कैलाली। कैलालीमा दुई जना लागूऔषधसहित समातिएका छन्। कैलालीको भजनी नगरपालिका वडा नम्बर ३ जसबहादुर घाटबाट ४०० मिलीग्राम लागूऔषध (खैरो हेरोईन)सहित दुई जनालाई प्रहरीले आईतवार साँझ पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जानकी गाउँपालिका वडा नम्बर ३ बस्ने २२ वर्षीय प्रदिप चौधरीसहित दुई जना हुन्। उनीहरु भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त लागूऔषध बरामद गरेको हो। पक्राउ परेका दुबै जनामाथी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।