काठमाडौँ। नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिममा भएको सत्ताको खेल संविधानको मर्म र जनताको आकांक्षाविपरित भएको टिप्पणी गरेका छन्। सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि एउटै पार्टीबाट दुई जनाको दाबी परेपछि नेता रावलले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।
‘कोशी प्रदेश पछि सुदूरपश्चिम प्रदेशमा आज भइरहेको सत्ता स्वार्थको खेल- दुई जनाको मुख्यमन्त्रीमा दाबी र एक दलका सदस्यको दुईतिर समर्थन, संविधानको मर्म र जनताको आकांक्षा विपरीत छ’, रावलले लेखेका छन्, ‘यस्तै कृत्य सङ्घीयताको मानक हो भने सङ्घीयताको कुनै औचित्य छैन । लाज नै लजाउनु पर्ने स्थिति !’ नेता रावलले यस्तै कृत्य सङ्घीयताको मानक हुने हो भने यसको औचित्य समेत नभएको बताएका छन्।