कञ्चनपुर। कञ्चनपुरमा गहुँ चुट्ने थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–९ की ४२ वर्षीया कौशादेवि जोशीको थ्रेसरमा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जोशीको गहुँ चुट्नेबेला आज सोमवार थ्रेसरमा च्यापिएर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।